जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सहज जित

एजेन्सी, १ चैत। जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, सर्जी जिनाब्री र रोबर्टो लेवान्डोस्कीले एक÷एक गोल गरे भने ब्रेमेनका निक्लास फुएलक्रुगले एक गोल फर्काए ।

ब्रेमेनको मैदानमा खेलको २२ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा जिनाब्रीले गोल गर्दा बायर्नको अग्रता २–० को बन्यो । ६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए ।

यस्तै खेलको ८६ औं मिनेटमा घरेलु टिमका निक्लासले एक गोल फर्काएपनि बायर्न ३–१ ले विजयी भयो । जितसँगै बायर्नले २५ खेलमा ५८ अंक जोडेको छ भने ब्रेमेन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);