च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा आज बार्सिलोना र बायर्न भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा आज बार्सिलोना र बायर्न भिड्दै

एजेन्सी, ३० साउन । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा आज राति विश्व फुटबलका २ ठूला क्लब बार्सिलोना र बायर्न म्युनिख भिड्ने भएका छन् ।पोर्चुगलको स्टाडियो डा लुजमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । बायर्नले समूह बी र बार्सिलोनाले समूह एफको विजेताको रुपमा नकआउट चरणमा स्थान बनाएका थिए ।

अन्तिम १६ मा बार्सिलोनाले ईटालियन क्लब नापोली र बायर्नले लण्डन क्लब चेल्सीको चुनौती पार गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । बायर्नले यस सिजनको बुन्डेसलिगा समेत जितेको छ । यता, बार्सिलोना भने स्पेनिस लिगको उपाधिको क्षतिपूर्ति च्याम्पियन्स लिगबाट लिने दाउमा छ ।

बार्सिलोनाले घरेलु लिगमा यस सिजनमा राम्रो खेल्न सकेको छैन । तर बायर्नलाई यस सिजन बुन्डेसलिगामा कुनै टिमले चुनौती दिन सकेन । बायर्नले लगातार लिग उपाधि आफ्नो कब्जामा राख्यो । विजेता टिमले सेमिफाईनलमा लियोन र म्यान्चेष्टर सिटीबीचको विजेतासंग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);