टी २० सिरीजका लागि अष्ट्रेलियाले २१ खेलाडीको सूची सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

टी २० सिरीजका लागि अष्ट्रेलियाले २१ खेलाडीको सूची सार्वजनिक

एजेन्सी, ३० साउन । इंग्ल्याण्डविरुद्धको एकदिवसिय र टी २० सिरीजका लागि अष्ट्रेलियाले २१ खेलाडीको सूची सार्वजनिक गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा २१ खेलाडीको सूची सार्वजनिक गरेको हो । खेलाडीको सूची सार्वजनिक भएसँगै अष्ट्रेलियाको इंग्ल्याण्ड भ्रमण अर्काे महिना पक्का भएको छ ।

अष्ट्रेलियाले अर्को महिना इंग्ल्याण्डसँग उसैको घरेलु मैदानमा तीन टी–ट्वान्टी र तीन एक दिवसीय म्याच खेल्ने पक्का भएको हो । दुई देशबीचको खेल जुलाईमा हुने तय थियो । तर कोरोनाको महामारीका कारण तालिका हेरफेर भएको हो । टी–ट्वान्टी खेल साउथह्याम्टनमा सेप्टेम्बर ४, ६ र ८ तारिकमा हुनेछ ।

यस्तै, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सेप्टेम्बर ११, १३ र १६ मा एकदिवसीय खेल हुनेछ । त्यसअघि, इंग्ल्यान्डले अगष्ट २८ र २९ तथा सेप्टेम्बर १ मा पाकिस्तानसंग टी–ट्वान्टी खेल्दैछ । इंग्ल्यान्डको एक दिवसीय टिमले गत वर्ष विश्वकप जितेको थियो । यस्तै, साउथह्याम्टनमा भएको एकदिवसीय सिरिजमा आयरल्याण्डलाई २–१ ले पछि पार्दै इंग्ल्यान्डले पछिल्लो महिनाको अन्त्य गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);