टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा

एजेन्सी । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा गरेको छ ।

क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ ।

अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् । त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।

टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । टी–ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);