आइसीसी विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आइसीसी विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं, १५ माघ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार विश्वकप दुई चरणमा हुने छ । पहिलो चरण र सुपर १२ गरी दुई चरणमा विश्वकप हुने आईसीसीले जनाएको छ ।

विश्वकप अष्ट्रेलियामा सन् २०२० अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म करिब एक महिना चल्ने छ । विश्वकप अन्र्गत पहिलो चरणको खेल १८ अक्टोबर २०२० देखि २३ अक्टोबरसम्म चल्नेछ ।

पहिलो चरणको पहिलो खेलमा श्रीलंकाले विश्वकपमा छनोट भएर आएको टिमसँग प्रतिस्पर्धा गर्नेछ । छनोट भएका ६ राष्ट्रले विश्वकप खेल्ने छन् । त्यस्तै, विश्वकपको सुपर १२ अक्टोबर २४ देखि सुरु हुँदैछ ।

सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, त्यही दिन भारतले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको सेमिफाइनल खेल नोभेम्बर ११ र १२ मा हुनेछ ।

सेमिफाइनलको पहिलो खेल सिड्नी क्रिकेट मैदानमा हुनेछ भने दोस्रो सेमिफाइनल एडेलाइड ओभलमा हुनेछ । विश्वकपको फाइनल खेल भने नोभेम्बर १५ तारिखमा मेलबर्न क्रिकेट मैदानमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);