विश्वकप छनोट र एशियन कप छनोटको नयाँ प्रस्तावित मिति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकप छनोट र एशियन कप छनोटको नयाँ प्रस्तावित मिति सार्वजनिक

एजेन्सी, २४ जेठ । एशियन फुटबल महासंघले फिफासँगको छलफलपछि विश्वकप छनोट र एशियन कप छनोटको नयाँ प्रस्तावित मिति सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा राखिएको छ ।

यसअघि तोकिएको खेल तालिका अनसार सातौ र आठौं म्याच अक्टोबर आठ देखि १२ तारिखमा हुने भएको छ । यस्तै ९ औं र १० औं खेल नोभेम्बर १२ देखि १७ तारिखसम्म हुनेछन् । छनोट चरणमा नेपालले पहिलो खेल चाइनीज ताइपेईसँग खेल्नेछ । त्यसपछि अष्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।

तीनै खेल घरेलु मैदानमा हुनेछन । कोरोना भाइरसको अवस्थालाई एएफसीले नजिकबाट अध्ययन गर्ने र त्यसपछि अर्को निर्णय गर्ने बताइएको छ । अब चाँडो कोरोना संक्रमण कम हुँदै गएमा फिफाले खेल तालिका नै सार्वजनिक गर्नेछ ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको एशिया छनोट र २०२३ मा चीनमा हुने एशियन कप एशिया छनोट यसअघि मार्च र जुनमा हुने बताइएको थियो । तर कोरोनाले त्यो सबै स्थगित भएको थियो । छनोट चरणमा नेपालले दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग अन्तिमपटक भुटानमा खेलेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);