रोनाल्डो बने पहिलो अर्बपति फुटबलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रोनाल्डो बने पहिलो अर्बपति फुटबलर

ronaldo

एजेन्सी, २४ जेठ । पोर्चुगालका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो व्यावसायीक जीवनमा एक अर्ब डलर भन्दा बढि कमाउने पहिलो फुटबल खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनका अनुसार, रोनाल्डोले फुटबलबाट मात्रै ६५ करोड डलर तथा बाँकी प्रायोजनबाट कमाएर जीवनमा एक अर्ब डलर भन्दा बढि रकम जोडेका हुन् ।

खेलकुदबाट मात्रै एक अर्ब डलर भन्दा बढि आम्दानी गर्ने उनी तेस्रो सक्रिय खेलाडी हुन् । यस अघि अमेरिकी व्यवसायिक बक्सर फ्लोयड तथा गल्फ खेलाडी टाइगर उडले यो सुचिमा आफ्नो नाम अटाइसेका छन् । रोनाल्डोलाई बहुउद्देशीय कम्पनी नाइकीले आजीवन प्रायोजन गरेको छ ।

फोर्ब्सका अनुसार उनी इटालीको युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख बिस हजार वटा जर्सी बिक्रि भएको थियो । जसबाट क्लबले एकै दिनको अन्तरालमा ६० लाख डलर आम्दानी गरेको थियो । यो वर्ष धेरै कमाउने खेलाडीको सुचिमा भने रोनाल्डो दोस्रो रहे । यो वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी टेनिस स्टार रोजर फेडेरर भएका छन् ।

फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियर भर ६० करोड पाँच लाख डलर कमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);