चीनको रक्षा बजेटमा ६.८ प्रतिशत वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनको रक्षा बजेटमा ६.८ प्रतिशत वृद्धि

एजेन्सी, २१ फागुन । चीनले सन् २०२१ का लागि आफ्नो रक्षा बजेटमा वृद्धि गरेर २ सय ९ अर्ब अमेरिकी डलर पुर्याएको छ । चिनियाँ प्रधानमंत्री ली क्विंगले नेशनल पीपुल्स कांग्रेसको अधिवेसनको पहिलो दिन शुक्रबार बजेटको घोषणा गर्दै रक्षामा २ सय ९ अर्ब अमेरिकी डलर विनियोजन गरेका हुन् ।

गत वर्ष चीनले रक्षा खर्चका लागि १ सय ९६ दशमलव ४४ अर्ब अमेरिकी डलर छुट्याएको थियो । चीनले विनियोजन गरेको यो रक्षा बजेट गत वर्षको तुलनामा ६ दशमलव ८ प्रतिशतले बढि हो । यस्तै भारतको तुलनामा यो रकम तिन गुणा बढी हो ।

भारतले आफ्नो रक्षा खर्चका लागि ६५ दशमलव ७ अर्ब अमेरिकी डलर छुट्याएको छ । अमेरिकासँग तनाव बढ्दै गएको सन्दर्भमा चीनले रक्षा बजेटमा गरेको बृद्धिलाई अर्थपुर्ण ढंगले हेर्न थालिएको छ ।

चीनको रक्षा बजेट अमेरिकाले छुट्याएको बजेटको एक चौथाई मात्रै हो । सन् २०२१ का लागि अमेरिकाले ७ सय ४० दशमलव ५ अर्ब अमेरिकी डलर रक्षा बजेटका रुपमा विनियोजन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);