चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा

trump-china tariffs

एजेन्सी , २ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरका ८ सयभन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले बौद्धिक सम्पति चोरीको आरोपमा आगामी ६ जुलाईदेखि लागू हुने गरी ३४ अर्ब डलर बराबरका चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छन् ।

ह्वाइटहाउसले बाँकी १६ अर्ब डलर बराबरका उत्पादनमा पनि कर लगाउनेबारे परामर्श गरिने बताएको छ । ट्रम्पले चीनमा अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तिको थप अनुचित हस्तान्तरण रोक्नका लागि कर लगाउने निर्णय गरेको भन्दै आफ्नो कदमले अमेरिकी रोजगारीको रक्षा गर्ने बताए । उनले अमेरिकाले अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताए ।

जवाफमा चीनले पनि अमेरिकी उत्पादनमा कर लगाउने घोषणा गरेको छ । चीनले अमेरिकासँगका सबै व्यापार वार्ता बन्द गर्ने चेतावनी पनि दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गङ स्वाङले अमेरिकाले चिनियाँ चासोलाई हानी गर्ने एकपक्षीय र रक्षात्मक उपायहरु अवलम्बन गरे आफ्नो वैध अधिकार र चिन्ताहरूको रक्षा गर्न आवश्यक निर्णय गरी तुरुन्तै प्रतिक्रया दिने बताए । दुई मुलुकको चेतावनीपछि व्यापार युद्ध बढ्ने डर उत्पन्न भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);