अमेरिकाद्वारा चीनको आयात सामानमा १० प्रतिशत कर बृद्धिको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अमेरिकाद्वारा चीनको आयात सामानमा १० प्रतिशत कर बृद्धिको घोषणा

trump

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् ।

चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिएका छन् ।अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६ सय ६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ ।

यसअघि नै अमेरिकाले करिब २ सय५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ । राष्ट्रपति ट्रम्पले १० प्रतिशत कर वृद्धि छोटो अवधिका लागि भएको र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर रहने बताएका छन् । चीनसंग विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने ट्रम्पको भनाई छ । चीनले अमेरिकी निर्णयको प्रतिवाद के–कसरी गर्नेछ भन्ने स्पष्ट भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);