रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्छ : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्छ : ट्रम्प

डोनाल्ड ट्रम्प

एजेन्सी, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले दुवै देशसँग केही योजना भएकाले नयाँ परमाणु सम्झौता गर्नुपर्ने बताएका हुन् ।

परमाणु सम्झौताबारे विवाद बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले दुवै देशसँग नयाँ सम्झौताको प्रस्ताव गरेका हुन् । ट्रपले गत फेब्रुअरीमा रुसले सम्झौता पालना नगरे त्यसबाट फिर्ता हुने चेतावनी दिएका थिए । त्यसका लागि उनले अगस्ट २ सम्मको समयसिमा दिएका थिए ।

ट्रम्पको चेतावनीलगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताप्रतिको दायित्वलाई निलम्बन गरेका थिए । सम्झौताबाट पछि हट्ने संकेत गरेसँगै अमेरिकाले नयाँ परमाणु क्षेप्यास्त्रको परीक्षण गर्ने तयारीसमेत गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);