चीनद्वारा अमेरिकी सामानमा करवृद्धि गर्ने योजना स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनद्वारा अमेरिकी सामानमा करवृद्धि गर्ने योजना स्थगित

us china latest news

एजेन्सी, २९ मंसिर । चीनले अमेरिकाका केही सामानको आयातमा करवृद्धि गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम चरणको व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए । चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग एउटा सम्झौतामा सहमति भएको र त्यसमा करवृद्धिलाई स्थगन गर्ने तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समावेश गरिने उल्लेख भएको स्पष्ट गरेको छ । सम्झौतामा हस्ताक्षर हुन भने बाँकी छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले यसअघि करिब १सय ६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए । जसमा अमेरिकी उपभोक्ताहरुमाझ लोकप्रिय इलेक्ट्रोनिक्स र कपडा जस्ता वस्तुहरू पनि समावेश थिए ।

जवाफमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो । यो करवृद्धि प्रस्ताव गत वर्ष नै घोषणा गरिएको भएपनि अमेरिकासँगको व्यापार वार्तामा सहज वातावरण निर्माणका लागि भन्दै चीनले पछि यी करवृद्धि प्रस्ताव स्थगित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);