अमेरिकाद्वारा मेक्सिकोबाट आयात गर्ने सामग्रीमा कर बृद्धि गर्ने निर्णय फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

अमेरिकाद्वारा मेक्सिकोबाट आयात गर्ने सामग्रीमा कर बृद्धि गर्ने निर्णय फिर्ता

मेक्सिकोबाट अबैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्ने विषयमा भने दुईदेशबीच सहमती

एजेन्सी, २५ जेठ । अमेरिकाले मेक्सिकोबाट आयात गर्ने सामग्रीमा करवृद्धि गर्ने निर्णय फिर्ता लिएको छ । मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीहरु नियन्त्रणमा नसघाए करवृद्धि गरिने चेतावनी दिएको अमेरिकाले निर्णय फिर्ता लिएको हो ।

अवैध आप्रवासी नियन्त्रणमा अमेरिकालाई सघाउन मेक्सिको सहमत भएपछि अमेरिकी निर्णय फिर्ता भएको हो । उक्त बिषयमा अमेरिका र मेक्सिकोबीचको वार्ता सकारात्मक रहेको र दुई पक्षीय सम्झौता समेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माईक्रो ब्लगिङ साईट ट्वीटर मार्फत दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासी नियन्त्रणमा मेक्सिकोले सघाउने बताएपछि आगामी सोमबारबाट कार्यान्वयनमा ल्याउने भनिएको कर वृद्धिको निर्णय फिर्ता गरिएको बताएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले ५ प्रतिशत करवृद्धि गरिने र आगामी अक्टोबर सम्ममा बढाएर २५ प्रतिशत पुर्याउने बताएका थिए । यद्यपि, अमेरिका र मेक्सिकोबीच भएको सम्झौताको विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);