पाकिस्तानद्वारा कश्मीर मुद्दामा वार्ता गर्न भारत समक्ष प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाकिस्तानद्वारा कश्मीर मुद्दामा वार्ता गर्न भारत समक्ष प्रस्ताव

imran khan and modi

एजेन्सी , २५ जेठ ।  पाकिस्तानले कस्मिरलगायतका विवादित विषयमा वार्ता गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको प्रस्ताव गरेका हुन् । खानले मोदीलाई पठाएको पत्रमा कस्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको उल्लेख छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताएका भारतीय संचारमाध्यमले जनाएका छन । खानले दक्षिण एशियाली क्षेत्रीय विकासका लागि दुईदेशबीच मिलेर काम गर्नु आवश्यक रहेको जनाएका छन् ।

मोदी भारतमा पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म पाकिस्तानी प्रधानमन्त्री खानको पत्रको जवाफ दिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);