पाकिस्तानद्वारा भारतीय बिमान चालक अभिनन्दन बर्तमानलाई रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाकिस्तानद्वारा भारतीय बिमान चालक अभिनन्दन बर्तमानलाई रिहा

बिमान चालक रिहा भएसंगै पाकिस्तानी प्रधानमन्त्री खानको सर्बत्र प्रशंसा

काठमाडौं, १७ फागुन । पाकिस्तानले आफ्नो देशमा आक्रमणका लागि आएको भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानलाई भारत फिर्ता पठाएको छ । पाकिस्तानी कानुन अनुसार क्याप्टेन वर्तमानलाई देश विरोधी कार्यका लागि मृत्यु दण्ड हुन्छ । तर, हस्तान्तरण गर्ने निर्णयबाट पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्चा एकाएक चुलिएको छ ।

भारतीय सेनामा कार्यरत लडाकु विमानका पाइलट क्याप्टेन अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहाइ गरेको हो । कश्मिर हमलापछि त्यसको दोष पाकिस्तानलाई दिएर भारतले गत मंगलबार पाकिस्तानी भूमिमा लडाकु विमान मार्फत हजार किलो बम बर्षाएको थियो ।

त्यतिले नपुगेर भारतले पाकिस्तानमा गत बुधबार पुन पठाएको लडाकु विमान खसाली दिएपछि क्याप्टेन वर्तमान पाकिस्तानी सेनाको कब्जामा परेका थिए । भारतीय सेनाको लेफ्टिनेन्ट कमाण्ड सम्हालिरहेका वर्तमान कब्जामा परेपछि भारतीय सेना उनको रिहाइका लागि परेको थियो ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उनलाई मुक्त गराउने भन्दा पनि युद्धको भावना थप बढाउने शैलीका अभिव्यक्ति मात्र दिइरहेका थिए ।

तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कस्मिर हमलामा आफ्नो संलग्नता अस्विकार गर्दै भारतीय पक्षले चाहेमा आफ्नो जमिनमा अनुसन्धान गर्न दिनसमेत तयार रहेको बताइरहेका थिए ।

यहीबीचमा भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो भने थप लडाकु विमान समेत पठाएपछि पाकिस्तानले बिमान खसालेर क्याप्टेन वर्तमानलाई कब्जामा लिएको थियो । त्यसका विरुद्ध भारतमा चर्को विरोध जारी रहेकावेला पाकिस्तानी प्रधानमन्त्री इमरानले एकतर्फिरुपमा क्याप्टेन वर्तमानलाई हस्तान्तरण गर्ने भन्दै बिहीबार संसदमा संबोधन गरेका थिए । यसले इमरानको राजनीतिक र कुटनीतिक उचाई आकासिएको छ ।

यता भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रियताको मुद्धा चर्काएर आगामी चुनावमा लिन लागेको फाइदामा चोट पुगेको विश्लेषण सुरु भएको छ । भारतभर विजेपीमय भएका बेला समेत चार वर्ष अघिको विधानसभा चुनावमा कांग्रेसले जितेपछि विजेपीले राष्ट्रियताको मुद्धामार्फत पञ्जाव सरकारलाई अफ्ठेरोमा पार्ने र भारतभर राष्ट्रियताको भावना जगाएर चुनाव प्रभावित पार्ने रणनीति बनाएका बेला सिंगो विजेपीलाई समेत पाकिस्तानी निर्णयले ठेस पु¥याएको छ ।

त्यसैले विजेपीका नेताहरु पाकिस्तानी निर्णय पछि त्यसको श्रेय प्रधानमन्त्री मोदिलाई नै दिन थालेका छन् । विजेपी नेताहरु क्याप्टेन वर्तमानको रिहाइपछि नरेन्द्र मोदीको प्रयास सफल भएको बताइरहेका छन् ।

भारत सरकारभन्दा अगाडी नै भारतीय बायु सेनाले पाकिस्तानी निर्णयको स्वागत गरिसकेको थियो भने सिंगो भारतीय सेनामा आफ्ना लेफ्टिनेन्ट कमाण्डरको फिर्तीपछि खुशीयाली छाएको छ ।

भारतमा सैन्य कारवाहीको प्रमाण देखाउन पश्चिम बंगालकी मुख्यमन्त्री तथा त्रिणमुल कांग्रेसकी अध्यक्ष ममता बेनर्जिले मोदीलाई चुनौति दिइसकेकी छन् । यसले भारतमा मोदीको राजनीतिक उचाइमा क्षयीकरण ल्याउने अनुमान गरिएको छ ।

यता पाकिस्तानी निर्णयले विश्वको ध्यानाकर्षण गराएको छ । त्यसैले लामो समय देखिको कश्मिर विवाद सुल्झाउन वार्ता गर्ने र देशभित्रको राजनीतिक फाइदा बेफाइदा हेरेर छिमेकीसँग हुने विवाद टंग्याउन यो कोशेढुंगा सावित हुनसक्ने पनि विश्लेषण भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);