एजेन्सी , १४ फागुन । काश्मिरको भारत–पाकिस्तान सिमामा मंगलवार भारतले बम खसालेको छ । फेब्रुअरी १४ मा काश्मिरको पलुवामा भएको आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीहरु मारिएपछि भारतले पाकिस्तानी आतंककारी समूह जैस ए मोहम्मदले फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएको भन्दै पाकिस्तानी भूमिमा बम खसालेको जनाएको छ ।
भारतीय बिदेश सचिव बिजय गोखले नयाँ दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बम खसालिएको जानकारी दिएका छन् । भारतमा आक्रमण गर्ने जैस ए मोहम्मदको आक्रमणको तयारीलाई बिफल पार्न उक्त बम खसाल्नु परेको भारतको भनाई छ । दुई दशकदेखि पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमा बम खसालिएको जनाइएको छ ।
बम आक्रमणमा जैस ए मोहम्मदका कमाण्डर सहित कैयौ सदस्य मारिएका भारतले दाबी गरेको छ । तर पाकिस्तानले भने भारतको बम आक्रमणमा मानवीय क्षति नभएको दाबी गरेको छ ।




