पाकिस्तान बम आक्रमण परि कम्तिमा १५ जनाको मृत्यु, ३० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउन २९ , काठमाण्डौँ । पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा परि ८ सैनिक जवानसहित कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

घटनामा परि ८ जना सैनिक जवानको मृत्यु भएको तथा ३० जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति मानिएको स्थानमा घटना भएको हो । ड्युटीमा जाँदै गरेका सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागलाई उद्यृत गर्दै बिबिसीले जनाएको छ ।

घटनामा घाइते भएका ३० मध्ये १५ जना सर्वसाधारण नागरिक हुन् । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);