सैन्य कारबाहीका लागि अमेरिका तयार रहेको राष्ट्रपति ट्रम्पको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साउन २८, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि सैन्य कारबाहीका लागि आफ्नो सेना तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हद नाघे लगतै जवाफी कारवाहीका लागि सेना तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले ट्वीट गर्दै उत्तर कोरियाले सुझबुझ नदेखाए सैन्य कारवाही हुन सक्ने उल्लेख गर्नुभएको छ । उत्तर कोरियाले गएको बुधबार प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग गुआममा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको थियो । त्यसयता दुई देशबिचको तनाव उत्कर्षमा पुगेको छ ।

दुवै तर्फबाट आक्रमण वा सैन्य कारवाहीका लागि तयार रहेको दाबी आउन थालेका छन् ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);