अमेरिका र दक्षिण कोरियाले बृहत संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

अमेरिका र दक्षिण कोरियाले बृहत संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने

us army in S korea

एजेन्सी, १९ फागुन । अमेरिका र दक्षिण कोरियाले बृहत संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने निर्णय गरेका छन् । दुई मुलुकका रक्षामन्त्रीहरुबीच भएको कुराकानीमा यस्तो सहमति भएको हो ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरुका अनुसार संयुक्त सैनिक अभ्यास सानो तहमा भने संयुक्त सैन्य अभ्यास जारी रहने छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा पहिलो वार्ता भएयता अमेरिका र दक्षिण कोरियाले धेरैपटक संयुक्त सैन्य अभ्यास स्थगित गरिसकेका छन् ।

उत्तर कोरियाले यस्ता सैन्य अभ्यास आफु प्रति लक्षित रहेको भन्दै यसको विरोध गर्दै आएको छ । दक्षिण कोरियामा करिब ३० हजार अमेरिकी सेना तैनाथ छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);