अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता तोकिएकै मितिमा हुने विश्वास व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता तोकिएकै मितिमा हुने विश्वास व्यक्त

donald trump

काठमाडौं, ३ जेठ । अमेरिकाले उत्तर कोरियासँगको शिखर वार्ता तोकिएकै मितिमा हुने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका प्रवक्ता जोन बोल्टनले दुई देशबीचको शिखर वार्ता भब्यरुपमा सम्पन्न हुनेमा अमेरिका आशावादी रहेको बताएका छन् । उनले राष्ट्रपति ट्रम्प वार्ताका लागि तयारी अवस्थामा रहेको भन्दै जुन १२ को शिखर वार्तामा उत्तर कोरियाले जुनसुकै विषय उठाउन सक्ने बताए । उनले अमेरिका उत्तर कोरियाको विकासको साझेदार बन्न तयार रहेको भन्दै आवेशमा आएर निर्णय नलिन उत्तर कोरियासँग आग्रह गरे ।

उत्तर कोरियाले बुधबार दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्तामा सहभागि नहुने चेतावनी दिएको थियो । सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले बुधबारका लागि तय भएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको थियो ।

ह्वाइट हाउसले भने निर्धारित तालिका अनुसार नै सैन्य अभ्यास भएको उल्लेख गर्दै सैन्य अभ्यास उत्तर कोरियाविरुद्व लक्षित नभएको प्रष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);