कर्नाटकमा सरकार बनाउन कांग्रेस र भाजपाबीच रस्साकस्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्नाटकमा सरकार बनाउन कांग्रेस र भाजपाबीच रस्साकस्सी

एजेन्सी, २ जेठ । भारतको कर्नाटकमा विधानसभा निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत नपाएपछि सरकार बनाउन समस्या भएको छ । चुनावमा पहिलो स्थान हासिल गरेको भारतीय जनता पार्टी र दोस्रो बनेको कांग्रेस आईबीच सरकार बनाउन दाउपेच चलिरहेको छ ।

भारतको दक्षिणी राज्य कर्नाटकमा सम्पन्न बिधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले १ सय ४ सीट जितेर सबैभन्दा ठूलो दल बन्यो । तर, सरकार बनाउन बहुमत जुटाउन भने असफल रह्यो ।

दोस्रो बनेको कांग्रेस पार्टीले ७८ सीट र जेडीएस गठबन्धनले ३८ सीट प्राप्त गरेको छ । सरकार बनाउनको लागि १ सय १२ सीट चाहिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपालाई ८ सीट अपुग भएको छ ।

काँग्रेसले जेडिएसको समर्थन लिएर सरकार बनाउने दाबी गरेको छ । काँग्रेस र जेडिएस मिल्दा १ सय १६ सिट अर्थात सरकार बनाउन बहुमत पुग्नेछ । यता, ठूलो दल भाजपाले पनि सरकार बनाउने दाबी गरिरहेको छ ।

विधान सभाका २ सय २४ सिटमध्ये २ सय २२ सिटमा शनिवार निर्वाचन सम्पन्न भएको थियो । कर्नाटकका गभर्नर भाजपाका खास ब्यक्ति र एउटा राज्यमा ९ बर्षसम्म अर्थमन्त्री भइ काम गरेकाले उनले भाजपाकै सरकार बनाउन सघाउने सम्भावना छ ।

ठूलो दलको हैसियतमा भाजपालाई सरकार बनाउनका लागि गभर्नरले आव्हान गर्ने सम्भावना रहेको छ । गभर्नरले भाजपालाई सरकार बनाउन आमन्त्रणसहित बहुमत सिद्ध गर्न केही साथ दिन सक्ने अवस्थाले भाजपाले आफनो सरकार बनाउन कसरत गर्दै आएको छ ।

जेडिएसका नेता एचडी कुमार स्वामी दुई विधानसभा सिटमा बिजयी भएकाले बहुमत सिद्ध गर्न हुने मतदान अघि उनले पनि एक सिट खाली गर्दा भाजपालाई फाइदा पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);