भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भाजापालाई जेडयूले पुर्ण बहुमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भाजापालाई जेडयूले पुर्ण बहुमत


एजेन्सी, २६ कार्तिक । भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धन एनडीएले पूर्ण बहुमत प्राप्त गरेको छ ।

२ सय ४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको छ । भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको छ । विहारमा सरकार बनाउन १ सय २२ सीटको बहुमत आवश्यक पर्छ । यो जीतसंगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको आरजेडी र कांग्रेसलगायतको महागठबन्धनले भने १ सय १० सिट हात पारेको छ । महागठबन्धनको नेतृत्व गरेको आरजेडीले ७५ सीट जितेको छ । यो गठबन्धनले लालुका छोरा तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो ।

कोराना महामारीका बीच भएको तीन चरणमा निर्वाचनमा ५७ प्रतिशत भन्दा बढी मत खसेको थियो । निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले तेजश्वी नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । जितसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै नयाँ दशक बिहार हुने उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);