अर्मेनिया र अजरबैजानबीच जारी सैन्य संघर्ष अन्त्य गर्ने सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्मेनिया र अजरबैजानबीच जारी सैन्य संघर्ष अन्त्य गर्ने सम्झौता

एजेन्सी, २५ कार्तिक । रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो–काराबाखमा जारी सैन्य संघर्ष अन्त्यका लागि एक सम्झौता भएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अर्मेनिया–अजरबैजान र रुसबीचमा विवादित भूभागमा द्वन्द्व कम गर्न सम्झौता भएको जानकारी दिनुभएको हो । नागोर्नो–काराबाख क्षेत्रमा ६ हप्ता लामो सैन्य तनावपछि यो सम्झौता भएको हो ।

पाशिन्यानका अनुसार स्थानीय समय अनुसार मंगलबार बिहान एक बजेदेखि उक्त सम्झौता लागू भएको छ । रुस र अजरबैजानले पनि औपचारिक रुपमा यसको पुष्टि गरेका छन् । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको अनलाइन कुराकानीमा त्रिपक्षीय सम्झौता द्वन्द्व व्यवस्थापनका लागि महत्वपूर्ण भएको बताउनु भएको छ ।

सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने भएको छ । आगामी केही हप्तासम्ममा अर्मेनिया त्यस क्षेत्रका केही भागबाट पछि हट्ने छ । पहाडी क्षेत्र नागोर्नो–काराबाख आधिकारिक रुपमा अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपछि अर्मेनियाले कब्जा गर्दै आएको छ ।

पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९ सय ८० र ९० को दशकमा पनि युद्ध भइसकेको छ । त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);