अर्मेनिया र अजरबैजानबीच युद्धविरामका लागि सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अर्मेनिया र अजरबैजानबीच युद्धविरामका लागि सहमति

एजेन्सी, २४ असोज । अर्मेनिया र अजरबैजानबीच युद्धविरामका लागि सहमति भएको छ । रुसको राजधानी मस्कोमा १० घण्टाको लामो वार्तापछि शनिबार दुवै पक्ष युद्धविरामका लागि तयार भएको रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

रुसी विदेशमन्त्री लाभ्रेभको मध्यस्थतामा अर्मेनिया र अजरबैजानका विदेशमन्त्री बीचको वार्तापछि दुवैपक्ष युद्धविरामका लागि सहमति भएको बताइएको छ । सीमा क्षेत्र नार्गोनो–काराबाख क्षेत्रमा दुई हप्तादेखि भइरहेको तनाव कम गर्ने प्रयासमा रुसी मध्यस्थता सफल भएको विदेशमन्त्री लाभ्रोभको भनाइ छ ।

सहमति अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रेडक्रसले मध्यस्थता र मानवअधिकारका कार्यक्रम सञ्चालन गर्नेछ । गत सेप्टेम्बर २७ यता सुरु भएको दुई देशबीचको युद्धमा करिब ३ सय जनाको मृत्यु भएको हजारौंको संख्यामा मानिसहरु घरबारविहीन भएको बताइएको छ ।

सन् २०१६ देखि उक्त सीमा क्षेत्रमा दुई देशबीच पटक–पटक झडप हुँदै आए पनि पछिल्लो पटक युद्धकै स्तरमा दुवै देशद्वारा गोली हानाहान र ड्रोन आक्रमण भएको हो । रुसी विदेशमन्त्री लाभ्रोमले युरोपेली सुरक्षाका लागि साझेदारी ओएससीईको मिन्स्क समूहले दुई देशबीच शान्ति पुनःस्थापनाका लागि पहल गर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);