थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

एजेन्सी, २५ असोज । थाइल्याण्डमा बस र रेल ठोक्किएर भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । आइतबार थाइल्याण्डको राजधानी बैंककबाट ५० किलोमिटर पुर्वमा भएको उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा बौद्ध धर्मावलम्बिहरु रहेको र उनीहरु व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै गरेको बताइएको छ । दुर्घटना हुँदा रेलसँग च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको उद्धारकर्मीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);