अरमेनिया र अजरबैजानबीच सीमा विवाद बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अरमेनिया र अजरबैजानबीच सीमा विवाद बढ्दो

एजेन्सी, १५ असोज । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले आफनो हिस्सामा रहेको नर्गनो र काराबाख क्षेत्र तुरुन्त खाली गर्न अरमेनियालाई चेतावनी दिनुभएको छ ।

अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप चरम उत्कर्षमा पुगेको बेला राष्ट्रपति अलियेभले यो चेतावनी दिनुभएको हो ।

राष्ट्रपति अलियेभले सो क्षेत्र अरमेनियली कब्जाबाट मुक्त गर्न जस्तोसुकै कदम चाल्न आफूहरु पछि नपर्ने समेत बताउनुभएको छ । गत सातादेखि विवादित क्षेत्रका लागि सुुरु भएको यी दुइ देशबीचको संघर्षमा हालसम्म दुवैतर्फबाट एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

विवादकै बीच जारी संघर्षमा दुवै देशको तर्फबाट ट्यांक, हेलिकोप्टर र ड्रोनबाट समेत आक्रमण भइरहेको छ । अजरबैजानलाई टर्कीको समर्थन छ भने अरमेनियालाई रुसले साथ दिएको छ । दशकौंदेखि विवादको रुपमा रहेको अजरबैजानले आफ्नो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाइसकेपनि अर्मेनियालीहरुको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);