युक्रेनी सीमा क्षेत्रमा युद्ध अभ्यास गरिरहेका रसियाली सेनाहरु ब्यारेक फर्कदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

युक्रेनी सीमा क्षेत्रमा युद्ध अभ्यास गरिरहेका रसियाली सेनाहरु ब्यारेक फर्कदै

एजेन्सी । केही दिन अघिलेखि युक्रेनी सीमा क्षेत्रमा युद्ध अभ्यास गरिरहेका रसियाली सेनाहरु ब्यारेक फर्कन थालेका छन् । रसियन सेनाको फिर्तीसँगै युक्रेनी सीमामा देखिएको युद्धको अबस्था अब सामान्य बन्दै गएको मान्न थालिएको छ । रुसले सिमा क्षेत्रमा रहेका आफ्ना सैनिक टुकडी र बख्तरबन्द गाडिहरु फिर्ता गरेको छ ।

युक्रेन सिमानामा भईरहेको मिलिटरी ड्रिल समाप्त भएको जनाउँदै रसियाली रक्षा मन्त्री सेर्गेई शोइगूले क्रिमिया र पश्चिम रुसमा जारी युद्धाभ्यास समाप्त भएको र सेनालाई आ–आफ्नो ब्यारेकमा फिर्ता हुन आदेश दिनुभएको हो ।

रक्षामन्त्री सर्गेईले आफु देशको रक्षाका लागि आफ्ना सेना सक्षम रहेकोमा आफु विश्वस्त रहेको बताउनुभएको हो । रुसले युक्रेनको सिमा क्षेत्रबाट सेनालाई आगामी १ मईसम्म हटिसक्न आदेश जारी गरेको छ । तर, उसले पश्चिमी रुसस्थित वोरोनीश क्षेत्रको पोगोनोभ फायरिंग रेन्जमा जडान गरिएका सैनिक उपकरण भने नहटाईने जनाएको छ ।

रसियाली फौज युक्रेनको सिमानामा तैनाथ भएलगत्तै अमेरिकाले चासो बढाएकोमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकालाई चेतावनीयुक्त भाषामा दुई देशबिचको तनावमा नखेल्न चेताएकाछन् ।

यस्तै जर्मन चान्सलर एन्जेला मर्केलले रूसी राष्ट्रपति पुटिनसँग युक्रेनका सम्बन्धमा जानकारी लिन खोज्दा समेत पुटिनले आफ्नो मुलुक भित्र सैनिक गतिविधी गर्न रुस स्वतन्त्र रहेको जवाफ दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);