युक्रेनसँग तनाव बढेसँगै रुसमाथि पश्चिमा मुलुकको ध्यान केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

युक्रेनसँग तनाव बढेसँगै रुसमाथि पश्चिमा मुलुकको ध्यान केन्द्रित

एजेन्सी । यतिबेला रसिया र बाँकी युरोपेली मुलुकबिचको कटुता चर्किंदै गएको छ । रसियाले छिमेकी मुलुक युक्रेनलाई घेर्ने हिसाबले युक्रेनी सीमामा हजारौंको संख्यामा सैनिक र लडाकु जहाजहरुको तैनाथीसँगै अमेरिका लगायत अन्य युरोपेली राष्ट्रहरुको ध्यान रसिया तर्फ केन्द्रित भएको छ ।

योसँगै गत शनिबार मात्रै चेक गणराज्यले त्यहाँ कार्यरत १८ रसियाली कुटनीतिज्ञहरुलाई देश छाडेर जाने आदेश जारी गरेपछि भने विवादले युद्धकै रुप लिने आशंका बढ्दै गएको बताईएको छ । चेक सरकारले सन् २०१४ मा चेक गणतन्त्रको गोला बारुद भण्डार गृहमा भएको बिस्फोटसँग सम्बन्ध भएको भन्दै १८ रसीयाली कुटनीतिज्ञहरुलाई देश निकालाको घोषण गरेको हो ।

उनिहरुमाथी जासुसी गरेको आरोप लगाईएको छ । चेक सरकारले आफ्ना १८ कुटनैतिक कर्मचारीलाई निष्काशनको घोषणा गरेलगत्तै मस्कोले चेक सरकारका २० कुटनैतिक कर्मचारीलाई सोमबार नै रुस छाड्ने आदेश दिएको छ ।

युक्रेनलाई घेर्ने विवाद र अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्दै अमेरिका रुसप्रति असन्तुष्ट रहेकै बेला रुस चेक गणतन्त्रसँग अर्को विवादमा मुछिएसँगै यतिबेला पश्चिमी देशहरुसँग रुसको सम्बन्धमा थप चिसोपना बढ्न थालेको छ । युक्रेनको राजधानी शहर क्रिमियाको तटवर्ती क्षेत्रमा रुसले आफ्ना ४० हजार सेना र युद्ध सामाग्री थुपारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);