बेमौसमी राजनैतिक ताण्डवमा पिल्सिएका जनता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बेमौसमी राजनैतिक ताण्डवमा पिल्सिएका जनता (भिडियोसहित)

पछिल्लो समय नेपाली राजनीतिमा देखिइरहेको राजनीतिक गतिरोधले जनता थप आक्रान्त भइरहेका छन् । विशेषगरी कोरोना महामारीको प्रकोपको यो अवस्थामा पनि राजनीतिक रस्साकस्सीको शिकार भएकाले पनि यस्तो अवस्था आएको हो । नेपालमा जारी राजनीतिक उतारचढावको असर महामारी विरुद्धको लडाईंमा लाग्नुपर्ने सरकार यतिबेला अन्य मुद्दामा केन्द्रित हुनुपरेको छ । यो अवस्थाको समग्र असर जनताले भोग्नु पर्ने भएकाले पनि निराशा बढ्ने क्रम जारी छ ।

मुलुक कोरोना माहामारीको प्रकोप खेपिरहेको छ । यसैबेला जनता आक्रान्त र मृत्युसँग समिप महसुस गरिरहेका छन् । तर, राजनैतिक नेतृत्व सत्ता र शक्तीको हानाथापमा छ । सिंगो मुलुक कोरोना र राजनैतिक विद्वेषको शिकार बनेको छ । सत्तालाई दिनदिनै कमजोर झन् कमजोर बनाउँदै लगिएको छ । सत्ता कमजोर हुँदा आफु सबल हुने भ्रम पालेका राजनैतिक दलहरुले नेपालको भू राजनैतिक अवस्थालाई भने कहिल्यै महत्व दिएको पाईएको छैन । कोरोना र राजनीति दुबै तर्फबाट एकै पटक आक्रमणमा परेको सरकारका सामु यतिबेला परिस्थिती सम्हाल्नै धौधौ परेको छ । सरकार “कता हो जिली, कता हो गाँठी”को अबस्थामा आईपुगेको छ । राजनैतिकरुपले कमजोर बन्दै गएको सत्ता र राज्यलाई यतिबेला कुटनैतिक क्षेत्रले कसरी ब्यवहार गरिरहेको छ भन्ने भर्खरैका घटनाक्रमले समेत पुष्टि गरिदिएको छ ।

हुनपनि, नेपालमा हुने महत्वपूर्ण राजनीतिक घटना र उथलपुथलमा विदेशी चासो, सरोकार र भूमिका बढ्ने गरेको यसअघि धेरै पटक नदेखिएको हैन, त्यसैले पछिल्लो चरणमा देखिनुलाई आश्चर्य मान्नुपर्ने स्थिती पनि छैन । तर, यता केही समयका घटनाक्रमलाई हेर्दा नेपाल कतै हेपाईमै त परिरहेको छैन ? भन्ने प्रश्न उठ्नुलाई स्वभाविक मान्न सकिन्न । अमेरिकाको नेतृत्वमा भर्खरै सम्पन्न भएको ‘जलवायु परिवर्तन’ सम्बन्धि भर्चुअल छलफलमा नेपालले ठाउँ पाएन । उता चीन द्वारा हरेक बर्ष आयोजना गरिंदै आएको ‘बोआओ फोरम फर एसिया’ यसपटक नेपाल निम्तारु बन्न सकेन । नेपालको आन्तरिक राजनीतिमा देखिएको कचिंगलसँग कहिं न कहिं यि दुई घटनाको अन्तर सम्बन्ध हुनै पर्दछ ।

यो सँगै अर्को कुटनैतिक घटनालाई पनि नेपालको आन्तरिक राजनीतिमा देखिएको कचिंगलसँग जोडेर हेर्न सकिन्छ, भर्खरै चिनियाँ पूर्व विदेशमन्त्री याङ जेइचीले दक्षिण एशियाली क्षेत्रीय संगठन सार्कका नेपाल लगायत अन्य पाँच मुलुकसँग कोभिड १९ महामारीमा आपसी सहयोग बिस्तारबारे छलफल गरेका थिए । चिनले कोरोना महामारीमा फसेको भारतलाई आफुहरु बिचका अनेकौ. विवादका वावजुद सहयोगको आश्वासन दिएकै छ । चीन र भारतबिच अनेकौ. समस्या छन्, जुन समस्याले उनिहरु बिचकै समबन्धमा यदाकदा तिक्तता देखिंदै आएको पनि हो । तर, नेपालको स्थायित्वका लागि उनिहरुबिच समान धारणा बन्न नसक्नुलाई भने नेपालकैलागि दुर्भाग्य मान्नै पर्छ ।

साथै भारतका परम्परागत मित्रको रुपमा रहेको नेपालमा चिनको एकलौटी प्रवेश भने कुटनैतिक रुपमा अर्थपुर्ण बन्न जाने हुन्छ । सत्तामा एकाधिकार जमाएको नेपाल कम्युनिष्ट पार्टीको एकता धराशायी भए लगत्तै नेपालको आन्तरिक राजनीतिमा एकाएक भारतको वर्चस्व बढ्न थालेको देख्नासाथ चीनले नेपालको भूराजनीतिक अवस्थिती कै कारण आफ्नो नेपाल नीतिलाई अद्यावधिक बनाउन खोज्नु अन्यथा हैन । नेपाल अस्थिर भए आफु शक्तीशाली हुने मान्यता भारतको छ, र कमजोर बन्दै गएको सत्तासँग आफ्ना स्वार्थको मोलमोलाई नै उसको प्रधान एजेण्डा बन्न पुग्दछ । यस्तोमा कमजोर सत्तासँग नाजायज फाइदा लिने र आउँदो सत्तासँग मितेरी लगाउने भारतको परम्परागत ब्यवहार नै हो । र यो सबै यतिबेला मुलुक कोरोना संक्रमणको त्रासदीमा डुबेकै बेला भईरहेको छ ।

कोरोना विरोधी खोपको पर्याप्तता र चिकित्सा सेवाको विस्तारबाट आम जनतालाई आश्वस्त गर्नु पर्ने यो बेलामा राजनैतिक दल र स्वयं लसरकार नै पनि सत्ताको लडाइँमा ब्यस्त देखिएकाछन् । देश कोरोना महामारीमा खटपटिएका बेला, जनता उपचार र अक्सिजन नपाइरहेका बेला नेताहरू फोहोरी राजनीतिक खेलमा अल्झिएका छन् । जसले तरल बन्दै गएको मुलुकको राजनीतिमा विदेशी चलखेललाई खुल्ला निम्तो समेत दिएको छ । यो सरकार रहोस वा अर्को बनोस त्यो जनताको सरोकारको बिषय नै हैन । उनीहरूको सरोकार यतिबेला सर्वसुलभ उपचारसँग जोडिएको छ । त्यसको दायित्व राज्य र यहाँका राजनैतिक दलहरुको हो ।

त्यसैले सबैको ध्यान जनताका सरोकारमा केन्द्रित हुनुपर्नेमा त्यसो हुनै सकेन । बाटो बिराएको राजनीतिकै कारण नेताहरू ब्यर्थ सत्ता–खेलमा अल्झिएका छन् । कोरोना संक्रमणको दोस्रो कहर सुरु भएको केही दिनमै पहिलो लहरको उच्चतम बिन्दु पार भएको छ । संक्रमितले उपचारै पाउन नसक्ने परिस्थिति बनेको छ । यो समय भनेको सत्तापक्षले महामारी नियन्त्रणको योजना बनाउने र विपक्षी दलले सरकारलाई उसले गरेको काम समयअनुकूल नभए सचेत गराउनु पर्ने अबस्था हो । तर, यिनीहरुले यतिबेला आफ्नै भूमिका समेत बिर्सिएको स्थिती छ ।

उता,सरकारले निषेधाज्ञालाई आफ्नो प्रमुख काम मानिरहँदा विपक्षीहरू बम्तव्यवाजीमै रमाएका छन् । स्पष्ट छ, महामारीमा ज्यान जोगाउन नागरिकका हारगुहार उनिहरुका कानमा पुगेकै छैन । हिजो आफुहरुलाई अप्ठेरो पर्दा साथ दिएको तिनै जनताको पीडामा राहत थप्नुपर्ने दलहरू एक अकौ विरुध्दको शक्ति प्रदर्शनमा उत्रिएकाछन् । एक आपसमै अल्झिएकाछन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);