नयाँ बर्ष २०७८ समस्तजनका लागि सुखद् हुन सकोस् ! (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नयाँ बर्ष २०७८ समस्तजनका लागि सुखद् हुन सकोस् ! (भिडियाेसहित)

बैशाख १ बाट भित्ताको क्यालेण्डर परिवर्तन भएको छ । त्रास र अन्योलमा बितेको २०७७ हामीसँग विदा भएसँगै हाम्रो आँगनमा २०७८ को नयाँ घाम उदाएको छ । तर, २०७७ ले सिर्जना गरेका अनेक खाले चुनौती र त्रास नयाँ बर्ष २०७८ सँगै हामी माझ उपस्थित भएका छन् । २०७७ को पुरै एक बर्षको अवधीभरी नै विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । २०७७ यथार्थमा दुःस्वप्न कै रुपमा बितेको छ ।

यद्यपी २०७७ को आगमनको हर्षमा सुख, शान्ति र समृद्धिको कामना नगरिएको पनि हैन, तर पनि सिंगो विश्वसँगै नेपाल त्रासपुर्ण स्थितीबाट वञ्चित भने रहन सकेन । सामाजिक, राजनीतिक र आर्थिक सबै क्षेत्रले नचाहँदा नचाहँदै पनि संकटबाट गुज्रनु परेको थियो । समाज विश्वव्यापी कहरबाट अक्रान्त बन्न पुगेको थियो भने यहि कहरले मुलुकको अर्थतन्त्रलाई नै तहसनहस पारिदिएको थियो ।

मुलुक कोरोना त्रासदीमा रुमलिंदै गर्दा पनि, राज्यले संक्रमण न्युनिकरणका लागि गरेका प्रयासमा सामान्य ब्यवस्थापकीय कमजोरी देखिएकै भएपनि यसमा सरकारले समय नगुजारिकनै अपनाएको सावधानीका कारण मुलुकले त्यति मानविय क्षती भने ब्यहोर्नु परेन, जति अन्यत्र भएको थियो । महामारीले मुलुकका सबैखाले गतिविधी ठप्प बनिरहँदा सरकार आफु भने समृद्ध नेपाल निर्माणको गतिमा अगाडि नै बढेको प्रष्ट थियो ।

कोरोना कहरकै बिचमा भएका बिकास निर्माणका कामले निरन्तरता पाउनु, राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको निर्माण कार्यले समेत यो अवधीमा निरन्तरता पाएकै कारण यतिबेला कतिपय योजनाहरु अन्तिम चरणमा आई पुगेका छन् । माथिल्लो तामाकोशी, मेलम्ची आयोजना, धरहरा, बबई बहुउद्देश्यीय परियोजना लगायतका आयोजनाको कामले संक्रमण अवधीमा समेत निरन्तरता पाउनु यो बितेको २०७७ सालको सकारात्मक पक्ष मान्न सकिन्छ ।

मुलुक कोरोनाको संकटमा गुज्रँदै गर्दा थप पीडादायी बनेर मुलुकमा राजनीति कलह देखा परेको थियो । विश्वव्यापी कोरोना संक्रमणका कारण लाखौं ब्यक्तीले अकाल मृत्यवरण गर्न पुगेका थिए । कोरोना संक्रमणलाई नियन्त्रण गर्नकै लागि अपनाईएको लकडाउनकै कारण नागरिकहरु आफ्नै घर छिमेकमा समेत परदेशी जस्ता भएर बाँच्न बाध्य भएका थिए । सामाजिक संरचना नै ध्वस्त हुने अबस्था २०७७ साल भरि नै जारी रह्यो ।

यद्यपी २०७७ को बर्षान्तकै समयमा कोरोना विरुद्धको खोपको विकास भईदिनाले मानिसमा बाँच्ने आशा भने पलाएको छ । हामीलाई चुनौतीको चांग नै छाडेर विदा भएको २०७७ को सुखद पक्ष यो पनि हो । २०७७ सालमा नेपालले कोरोनाका हकमा अन्यत्रको जस्तो भयावह स्थिती भोग्नु परेन । महामारीको सबैभन्दा ठुलो मार मुलुकको आर्थिक क्षेत्रले भोग्नु परेको थियो । झण्डै पाँच महिना लामो बन्दाबन्दी र त्यसपछिका दिनहरुमा पनि नागरिकमा रहेको त्रासले निरन्तरता नै पाउँदै गरेकै कारण पनि मुलुकको आर्थिक क्षेत्र तँग्रनै नसकेको अहिलेको अबस्था रहेको छ । तर, यो नयाँ वर्षमा थप विपत्ती आईपरेन भने असहज बनेको मुलुकको आर्थिक र सामाजिक क्षेत्र सहज बन्ने आशा गर्न सकिन्छ ।

यसका लागि कामना गर्नसकिन्छ । बितेको बर्ष राजनीतिकरूपले भने निराशाजनक नै रह्यो । सत्तारुढ दलभित्रको शक्ति संघर्षकै कारण यतिबेला सत्तारुढ दल एमाले नै फुट्ने कि जुट्ने अनिश्चयको संघारमा पुगेको छ । २०७७ साल भरिनै सरकारले विभिन्न राजनैतिक मोर्चाबाट संविधान, विधि, पद्धति र प्रक्रिया मिचेको आरोप खेप्नु परेको थियो । सत्तारुढ दलभित्रकै किचलोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनीधि सभा भंग गर्ने निर्णयमा पुग्न बाध्य बनाएको थियो ।

प्रधानमन्त्रीको उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त मुलुकको राजनीति झनै धमिलिएको अबस्थामा २०७८ सँगै हामी बिच उभिन आईपुगेको छ । राजनैतिक रुपले पनि योसँगै मुलुक थप चुनौतीको सामना गर्न तयार भएर बस्नु पर्ने अबस्थामा हामी नयाँ बर्षको स्वागत पनि गर्दैछौं । यो मात्रै हैन यतिबेला २०७७ ले हामीबिच सत्ताविरुद्धमा लागेका राजनैतिक पार्टी र तिनका नेताहरुको अहंकार, स्वार्थ र ब्यक्तिगत कुण्ठाकै कारण विकृत बनेको राजनीतिलाई धरोहरका रुपमा छाडेर २०७७ विदा भएको छ ।

कोरोनाको असरका कारण कमजोर बनेको आर्थिक ब्यवस्था र देशलाई नै अस्थिर बनाउने गरि मुलुकका राजनैतिक पार्टीहरुले मच्चाएको राजनैतिक वितण्डालाई जस्ताको तस्तै छाडेर बिदा भएको २०७७ सँगै शुरु भएको २०७८ को मुल दैलोमै कोरोनाको दोश्रो लहर उभिन पुगेको छ ।

यो अबस्थामा आउने दिनले सुरसाको जस्तो मुख बाएर बसेका चुनौतीको सामना गर्ने साहस र हौसला यो नयाँ बर्षले प्रदान गरोस हाम्रो तर्फबाट यहि शुभकामना समस्त दर्शक, शुभेच्छुक र हाम्रा विज्ञापनदताहरुमा । चुनौतीहरु कायमै रहँदारहँदै पनि चुनौतीलाई परास्त गर्दै नयाँ बर्ष २०७८ शान्ति, प्रगति र समृद्धिको वर्ष बनोस् भन्ने फेरीपनि शुभकामना ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);