वर्षेनी ३ हजार भन्दा बढी 'चेक बाउन्स'का उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

वर्षेनी ३ हजार भन्दा बढी ‘चेक बाउन्स’का उजुरी

cheque bounce

काठमाडौं, २६ साउन । चेक अनादर (बाउन्स) को उजुरी अदालतमा जस्तै प्रहरी कार्यालयमा पनि उल्लेख्य पर्न थालेको छ । यसमा बैङ्किङ कसुर नहुने सर्वाेच्च अदालतले व्याख्या गरेपनि प्रहरीमा उजुरी गर्नेको संख्यामा दिनदिनै बढेको पाइन्छ । प्रहरीले चेक बाउन्स सम्बन्धी उजुरी गर्नेको संख्या पहिलेको तुलनामा हाल दोव्वरले बढेको छ । प्रहरीमा चेक बाउन्स सम्बन्धी उजुरी वर्षेनी ३ हजार भन्दा बढी देखिन्छ ।

लेनदेन तथा घरायसी व्यवहार मिलाउन प्रदान गरिने बैंक तथा वित्तीय संस्थाको चेक ठगीजन्य अपराधका लागि महत्वपूर्ण प्रमाण बन्ने गरेको छ । पछिल्लो समय काठमाडौंँ उपत्यकामा हुने विभिन्न किसिमका ठगीजन्य अपराधमध्ये चेक बाउन्स सम्बन्धी ठगी मुद्दाको संख्या अधिक रहेको छ ।

बिगतमा चेक बाउन्सको मुद्दालाई प्रहरीले घरायसी समस्याको रूपमा लिएर व्यावहारिक ढङ्गले छलफलबाट समाधान गर्दै आएपनि गत वर्ष भदौबाट शुरु भएको अपराध संहिताले यस मुद्दालाई कडाइका साथ कार्यान्वयनमा सघाउ पु¥याएपछि यसको संख्या बढेको हो ।

प्रहरी परिसर काठमाडौंँका अनुसार, पछिल्लो आर्थिक वर्षमा मात्र चेक बाउन्स सम्बन्धी तीनहजार एकसय दुइ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये आठसय ९५ मुद्दा दर्ता भएको र पाचसय ४१ मुद्दा फच्यौट भएको तथ्याङ छ ।

प्रहरी परिसर काठमाडौँका अनुसार आपसी समझदारीबाट लेनदेन हुने भएपनि पछि लेनदेन ममिलेपछि वास्तवीक पीडितले प्रहरीमा उजुरी गर्न आउने गरेका छन । यस्ताठगी सम्बन्धी मुद्दामा पक्ष–विपक्षबीच छलफल मिलापत्र नै नगराई सिधै अदालती प्रक्रियामा लैजान थालेपछि तीन हजारको बाउन्स चेक बोकेर पनि पीडितहरू उजुरी दिन आएको प्रहरीको भनाइ छ ।

चेक बाउन्सको मुद्दा बैङ्किङ कसुर नहुने भएको केहीदिन अघि मात्रै सर्वाेच्च अदालतले फैसला गरेपनि प्रहरी परिसरमा भने बैङ्किङ कसुरको उजुरी दोब्बरले बढेको परिसरले जनाएको छ ।

सर्वाेच्चले चेक बाउन्सलाई बैंकिङ कसुर नहुने भनेको छ । तर सर्वाेच्च अदालतमै दैनिक सरदर १५ वटा यस्ता उजुरी पर्ने गरेको छ । तर सर्वोच्चले यस्ता मुद्दाहरु बढदै गएपछि बैंकबाट चेक अनादरसम्म भएको विषयलाई सरकारवादी फौजदारी कसुरमा मुद्दा चलाउने व्यवस्था गलत भएको भन्दै व्याख्या गरेको छ । चेक बाउन्स बिषयलाई प्रहरीले उजुरी लिने र अदालतबाट म्याद थप गर्नु पनि गैर कानुनी भएको बरिष्ठ अधिवक्ता प्रेमबहादुर खडकाले बताउनु हुन्छ ।

सर्वोच्चको यस्तो फैसला आएपनि काठमाडौँ प्रहरी परिसरमा बैंकिङ कसुर तथा ठगी सम्बन्धी मुद्दा शाखाका अनुसार दैनिक एक सयभन्दा बढी उजुरी आउने गरेका छन् । कुनै पनि बैंक तथा वित्तीय संस्थाले निर्धारित मितिमा चेक नसाँटिएमा तीन पटक बाउन्स गर्नुपर्ने हुन्छ । पीडितले सोही बाउन्स चेकलाई प्रमाणको रुपमा उल्लेख गरी प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);