ठगीको सजिलो धन्दा ‘चेक’ | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

ठगीको सजिलो धन्दा ‘चेक’

cheque

मिटरब्याजी, ढुकुटी खेलाउने, जग्गा दलाली र कन्सल्टेन्सी सक्रिय

काठमाडौं, १९ साउन

घटना एक

सुनसरी गढी गाउँपालिकाका प्रवीण कार्कीबाट भक्तपुरका रोशन लिम्बूले २१ लाख रुपैयाँमा जग्गापास गरे। लिम्बूले पैसाको सट्टा चेक दिए। कार्की चेक लिएर एनआईसी एसिया बैंकमा साट्न पुगे। तर, लिम्बूको खातामा पैसा थिएन। विश्वासमा मालपोत कार्यालयमा गएर जग्गापास गरेका कार्की ठगिए।

घटना दुई

सिन्धुलीकी सरिता लिम्बू उपचारका क्रममा अस्पतालमै रहेका बेला उनले सिन्धुलीकै भुवन श्रेष्ठलाई लेनदेन मिलाउन भन्दै चेक दिएकी थिइन्। खाली चेकमा हस्ताक्षर गरेर श्रेष्ठले चेक लिए। बेलाबेलामा उपचारका लागि लिम्बूलाई अस्पतालमा ल्याउने–पु¥याउने काम गर्दै आएका श्रेष्ठले खाली चेकमा २० लाख रुपैयाँ रकम भरेर साट्न बैंक पुगे। लिम्बूलाई थाहै नदिई श्रेष्ठले प्रहरीमा उजुरी दिए। तब मात्रै लिम्बूले आफू ठगिएको अभास गरिन्।

घटना तीन

डीएन पाठक नामका व्यक्तिसँग डेढ सय वटा गाडी खरिद गर्ने नाममा नवीन रेग्मीले सम्झौता गरे। सुरुको लटमा २० वटा गाडी रेग्मीले लगे। तीन करोड ४५ लाख रुपैयाँको लेनदेनमा रेग्मीले पाठकलाई चेक दिए। बैंक खातामा भने पैसा थिएन। तब मात्रै पाठकले आफू ठगिएको महसुस गरे।

यी तीन घटनाले सर्वसाधारण कति सजिलै ठगिन्छन् भन्ने दृश्य देखाएको छ।

काठमाडौं प्रहरीका अनुसार अहिले ठगीको सजिलो माध्यम चेक बनेको छ। ठगले लेनदेन मिलाउन चेक दिन्छन्। बैंकमा पुगेर साट्न खोज्दा खातामा रकम नभएपछि चेक बाउन्स (बैंकमा खातावालाको ब्यालेन्स नहुनु) हुन्छ। काठमाडौं प्रहरीमा एक वर्षको अवधिमा मात्रै चेक बाउन्सका एक हजार ६ सय ६० वटा चेक बाउन्सका उजुरी दर्ता भएका थिए, जसमध्ये चार सय २१ वटामा मात्रै मुद्दा चलेको थियो। सबैभन्दा बढी पाँच करोड रुपैयाँ ठगीको चेक बाउन्स उजुरी प्रहरीमा परेको थियो।

यो खबर आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);