ठगी गर्न बाउन्स चेक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ठगी गर्न बाउन्स चेक

check

काठमाडौं,२३ पुष ।आफैंले सापटी दिएको रकम उठाउन हरिबहादुर गिरी र रमेश दुलालले कति गोता खेप्नुपर्‍यो त्यसको कुनै हिसाब छैन । हरि र रमेशले ललितपुरको सातदोबाटोका श्यामकुमार दाहाललाई जनही १०र१० लाख रुपैयाँ दिएका थिए ।

तारन्तारको ताकेतापछि श्यामले उनीहरूलाई चेक दिए । तर जब बैंक गएर चेक साटन खोजियो, तब पो थाहा लाग्यो, श्यामको खातामा पैसा थिएन ।

चेक बाउन्सको फन्दामा परेका हरि र रमेश प्रतिनिधि पात्रमात्रै हुन् । लेनदेनको कारोवार वा कसैको पैसा फिर्ता गर्दा रकम नभएको चेक अर्थात् बाउन्स चेक दिने र मान्छे झुलाउने धन्दा प्रचलनमा छ ।

असारयताको पाँच महिना अर्थात् मंसिरसम्ममा उपत्यकाका तीन जिल्लामा मात्रै चेक बाउन्सका ९० वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । प्रहरीका अनुसार यस्ता चेक बाउन्सका मुद्दामा करिब १९ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);