ललितपुरमा 'वीउ एटियम' संचालन, ३६ जातका उन्नत विउ पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ललितपुरमा ‘वीउ एटियम’ संचालन, ३६ जातका उन्नत विउ पाइने

seed atm

ललितपुर, २६ साउन । ललितपुर महानगरपालिकाले ‘वीउ एटियम’ पनि संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटिएममार्फत् उपलब्ध गराउने गरी सो एटिएम संचालनमा ल्याएको हो ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर चिरीबाबु महर्जनले उक्त प्रबिधि संचालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बीउ एटियमको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

बिउ एटिएममा त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत वीउ पाउने व्यवस्था गरिएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटियममा गरिएको छ ।

यसअघि महानगरपालिकाले ‘पानी एटियम’ पनि संचालन गरिसकेको छ । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताउनु भयो ।

ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो एटिएम मेशिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);