बझाङ्गको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बझाङ्गको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार

lake of drinking water

ललित सिंह
बझाङ्ग, २६ साउन । बझाङ्गको सदरमुकाम चैनपुर मै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी निमार्ण र मर्मत भनेर विभिन्न निकाय र सदरमुकाम चैनपुरमा अवस्थित जयपृथ्वी नगरपालिकबाट करोडौँ रकम बिनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको समस्या उस्तै छ । सबै दलले चुनावी नारा बनाउने र वर्षेनी रकम खर्च भए पनि विकास पानीको अभाव हुँदा स्थानीयवासिन्दा अहिले आक्रोशित छन् ।

खानेपानीको हाहाकारले बझाङ्गको सदरमुकाम चैनपुरका बासिन्दाहरु आजित भएका छन् । चैनपुरमा पनि विषेश गरी जयपृथ्वी नगरपालिकाका वासिन्दाहरुलाई खानेपानीको समस्या भएको हो । बझाङ्गमा पानीका स्रोतहरु धेरै भएपनि त्यसलाई कुनै निकायले व्यवस्थापन गर्न नसक्दा खानेपानीको हाहाकार भएको स्थानीयको आरोप छ । नेताहरुले गाउँगाउँमा एकघर एकधारो भन्ने नारा मात्र लगाउने तर समस्या जस्ताको तस्तै भएको स्थानीयको भनाई छ ।

जयपृथ्वी नगरपालिकामा भएको खानेपानीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न एकघर एकधार रणनीतिसहित कार्य योजना अगाडी बढाएको जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्लालाई समृद्ध जिल्ला बनाउँछौ भनेर नेताहरुले चुनावी नारा मात्र बनाउँदै आएका छन् । अहिलेसम्मको स्थिति हेर्दा विकासको मुद्दा चुनावी मैदानमा विजयी हुने खेलमात्र जस्तो देखिन्छ ।

यसकै परिणाम, अहिलेसम्म बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हो । राजनितिक खिचातानी र दाउपेचका कारण अहिलेसम्म सदरमुखकाम चैनपुरमा रहेको जयपृथबी नगरपालिकामा पानीको हाहाकार भएको स्थानीयको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);