सदरमुकाममा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सदरमुकाममा खानेपानीको हाहाकार

khane pani

पाँचथर, १८ चैत – पाँचथर सदरमुकाम फिदिममा खानेपानीको संकट भएको छ । खानेपानी वितरण लाइनमा समस्या भएपछि सदरमुकाम फिदिममा ४ दिनदेखि पानी आपूर्ति ठप्प छ । १ हजार ८ सय धारा भएको खानेपानी वितरण लाइन अवरुद्ध हुँदा यस क्षेत्रमा पानीको हाहाकार भएको हो ।

फिदिममा खानेपानी अभाव भएपछि नगरपालिकाको दमकलमार्फत नजीकैको हेवा खोलाबाट ल्याएर उपभोक्तालाई वितरण गर्न थालिएको छ । नगरपालिकाले दमकलमा ल्याएर सदरमुकाम फिदिमसँगै जोरसाल बजार र गडीका उपभोक्तालाई पानी वितरण गरिरहेको छ । फिदिममा ल्याइएको खानेपानीको पाइप फुटेर पहिरो लडेपछि चैत ३ गतेदेखि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भइरहेको छ ।

नगरपालिकाले फिदिम क्षेत्रका ठूला होटल, अस्पताल र ब्यारेकका लागि पनि पानी बाँड्ने तयारी गरिरहेको फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । समस्या समाधानका लागि २–३ दिन लाग्ने फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले जानकारी दिए । यो समाचार अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);