डडेल्धुरा सदरमुकाम खलंगामा खानेपानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डडेल्धुरा सदरमुकाम खलंगामा खानेपानीको चरम अभाव

khane pani aavab

विमल जैरु,
डडेल्धुरा, ११ जेठ । गर्मी बढेसँगै डडेल्धुरा सदरमुकाम खलंगामा खानेपानीको चरम अभाव भएको छ । मुहानमा पानी सुकेपछि खानेपानीको हाहाकार भएको हो । खानेपानीको अभावले व्यापार व्यवसाय समेत संकटमा परेको छ ।

डडेल्धुरा सदरमुकाममा दैनिक ६ लाख लिटर खानेपानीको आवश्यकता भएपनि १ लाख लिटर पनि आपूर्ति हुन सकेको छैन । खडेरीका कारण खानेपानीका मुहानमा पानीको सतह कम भएपछि अभाव भएको हो ।खोनेपानी वितरण गर्ने ट्याङकीमा उपभोक्ताको बिहानै देखि भिड लाग्ने गरेको छ ।

जलवायु परिर्वतनका कारण मुहानमै पानी सुकेको सरोकारवालाको भनाइ छ । सदरमुकाममो सहरीकरण बढेसँगै खानेपानीको माग बढेको हो ।स्थानीय सरकारले खानेपानी समस्या समाधानको लागि अमरगढीमा साना शहरी खानेपानी योजनाको काम गरिरहेको छ।

खानेपानीको चरम अभाव भएपछि व्यापार व्यवसाय समेत संकटमा परेको छ । खानेपानी समस्या समाधानका लागि खानेपानी आयोजनाको कामलाई छिटो सम्पन गर्नु आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);