बैतडीमा ६५ प्रतिशत नागरिक अझै विद्युत सेवाको पुहँच भन्दा बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैतडीमा ६५ प्रतिशत नागरिक अझै विद्युत सेवाको पुहँच भन्दा बाहिर

bidhut

प्रेम भाट
बैतडी, ११ जेठ । बैतडीमा ६५ प्रतिशत नागरिक अझै विद्युत सेवाको पुहँच भन्दा बाहिर छन् । व्यवस्थित तरिकाले विद्युत वितरण नहुँदा नागरिक विद्युत सेवाको पुहँच भन्दा बाहिर रहेका हुन् ।

बैतडीमा ३० मेगावाटको चमेलिया र ८ मेगावाटको नौगाड हाईड्रो पावरबाट विद्युत उत्पादन भएपनि ६५ प्रतिशत नागरिक अझै विद्युत सेवाको पुहँच भन्दा बाहिर छन । व्यवस्थित तरिकाले विद्युत वितरण नहुँदा ३५ प्रतिशत नागरिक मात्र विद्युत सेवाको पुहँचमा छन् ।

ग्रामिण क्षेत्रमा संचालित साना लघुजलविद्युत आयोजनाको पनि व्यवस्थापन हुन सकेको छैन ।जसका कारण ६५ प्रतिशत नागरिक टुकी बत्तिको भरका छन् । विद्युत प्राधिकरणले समस्या देखिएका ठाँउमा मर्मतको काम भइरहेको दाबी गरेको छ ।

विद्युतका तार र पोलहरु व्यवस्थित नहुँदा करेन्ट लागेर सर्वसाधरणको मृत्यु समेत हुने गरेको छ ।त्यसैले व्यवस्थित तरिकाले सबै नागरिकको पहुँचमा पुग्ने गरि विद्युत वितरण गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);