बाजुराको बडीमालिकामा खानेपानीको चरम अभाव, स्थानीय मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाजुराको बडीमालिकामा खानेपानीको चरम अभाव, स्थानीय मर्कामा

bajura-khanepani abhav

मदन विक
बाजुरा, २८ जेठ
। बाजुराको बडीमालिका नगरपालिकमा खानेपानीको अभावले स्थनीयहरु मर्कामा परेका छन् । नगरापलिकाले लामो समयदेखि खानेपानीको व्यवस्था गरिदिने आश्वासन दिए पनि खानेपानीको व्यवस्था हुन नसक्दा स्थानीयहरु मर्कामा परेका हुन् ।

बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकामा खानेपानीको अभावले स्थानीयहरु मर्कामा परेका छन् । नगरपालिकाले पर्याप्त मात्रामा सदरमुकाम मार्तडीबासीका लागि खानेपानी व्यवस्थापन गर्न नसक्दा सदरमुकामबासी खानेपानीबाट बन्चित भएका हुन् । सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले खानेपानी समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकाम लगायतका ठाउँहरुमा खानेपानीको चरम अभाव भएको हो । मार्तडीमा खानेपानीको चरम अभाव भएपछि एक गाग्री खानेपानीका लागि स्थानीयहरु घन्टौँ समय खर्चिन बाध्य छन् ।

बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापनका लागि ट्याङ्की निर्माण तथा पाइप विछ्याउने कार्यका लागि लाखौँ रकम खर्चिसकेको छ । लाखौँ रकम खर्चिएर पनि खानेपानीको व्यवस्था नभएको स्थानीयहरुको गुनासो छ । गाँउ भरिकालाई एउटै मात्र खानेपानीको धारा भएकाले गाह्रो भएको स्थानीयको दुखेसो छ ।

यता बडीमालिका नगरपालिकाले खानेपानीका लागि एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकामा खानेपानीका लागि चार वटा ट्याङकी निर्माण भईसकेको र पाइपलाइन विछ्याउने काम भईसकेको बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो ।

बडीमालिका नगरपालिकासंगै जोडिएको जिल्लाको सदरमुकाममा मात्रै खानेपानी अभाव नभएर नगरपालिकाकै वडा ७ नम्बर जिल्ली गाउँमा समेत खानेपानीको हाहाकार छ । जिल्लाको सदरमुकाम मार्तडीभित्र बडीमालिका नगरपालिका ८ र ९ नम्बर वडा पर्दछ । सदरमुकाम मार्तडीमा मात्रै करिब ४ सय बढी खानेपानीका ग्राहक रहेका छन् भने १७ हजार बढीले खानेपानी उपभोग गरिरहेका छन् ।

जिल्लाको सदरमुकाम मार्तडी भएकै कारण सदरमुकाम मार्तडीमा जनसंख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । पछिल्लो सयममा खडेरीका कारण खानेपानीका मुहानहरु दिनप्रतिदिन सुक्दै गएपछि जिल्लाका अधिकाँस ठाउँमा खानेपानीको चरम अभाव भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);