खानेपानीको अभाव भएपछि नगरपालिकाको कार्यालयमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खानेपानीको अभाव भएपछि नगरपालिकाको कार्यालयमा तालाबन्दी

bajura khanepani-talabandhi

बाजुरा, ४ असार । बाजुराको बडीमालिका नगरपालिकाका नगरबासीहरुले खानेपानीको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि नगरपालिकाले कुनै चासो नदिएको भन्दै नगरबासीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बुधबार नगरबासीहरुले हातमा पानीका भाडा वर्तन, पाईपलाईन सहित बोकेर बजारमा परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अघाडि नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । खानेपानीको मुहानमा प्रयाप्त मात्रामा पानी छ तर पाईपलाईन व्यवस्थित तरिकाले व्यवस्थापन हुन नसकेपछि सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको हो ।

नगरपालिकालाई पटक पटक खानेपानी नगरबासीलाई उपलव्ध गराउन माग गर्दा कुनै सुनुवाई नभएकोले नगरपालिकामै गएर तालाबन्दी गर्न बाध्य भएको स्थानीय महिला मिना विकले बताएकी छिन् ।

बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नका लागि एक करोड रकम खर्च गरेर चार वटा खानेपानीका ट्याङकी निर्माण गरेको छ । तर चार वटै ट्याङकीमा खानेपानी नआएपछि सदरमुकाममा खानेपानीको हाहाकार भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);