च्याउ खेतीबाट वार्षिक दस लाखसम्म आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

च्याउ खेतीबाट वार्षिक दस लाखसम्म आम्दानी

chyau kheti palpa

प्रकाश नेपाल
पाल्पा, ४ असार । च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएपछि पाल्पामा युवाहरुको च्याउ खेतीमा आकर्षण बढ्दै गएको छ । पाल्पाका एक अग्रज च्याउ कृषक केशव कार्कीले आफै पनि च्याउ खेती गर्दै आईरहेका छन् भने गाँउका युवाहरुलाई समेत च्याउ खेतीको तालिम दिँदै आएका छन् ।

वर्षेनी बैदेशीक रोजगारीका लागि जाने युवाहरुको संख्या बढिरहेका बेला पाल्पाका युवाहरु भने व्यवसायिक खेतीमा आकर्षित हुन थालेका छन् । पाल्पाका केशव कार्कीले च्याउ खेती गर्दै आईरहेका अग्रज कृषक हुन् ।

एक दशक अघिदेखि च्याउ खेती गर्दै आएका कार्कीले च्याउ खेतीबाट बार्षिक आठदेखि दस लाखसम्म आम्दानी गर्दै आईरहेका छन् । उनी आफु त व्यवसायिक च्याउ खेतीमा सक्रिय छन् नै गाँउका युवाहरुलाई पनि च्याउ खेतीको तालिम दिएर कृषिमा लाग्न प्रेरित गरिरहेका छन् । उनले हाल दुई सय जना युवाहरुलाई तालिम दिई च्याउ खेतीमा संलग्न गराईरहेका छन् ।

च्याउ खाउँ मुटु रोग र क्यान्सर भगाँउ भन्ने नाराका साथ कार्कीले १० वटा स्थानीय तहमा पाँच सय युवाहरुलाई च्याउ खेती उद्यमी बनाउने अभियानमा लागेका छन् । १४ वर्षसम्म वैदेशीक रोजगारमा काम गरेर फर्केका पाल्पाका राजु विष्टले कार्कीकै प्रेरणाबाट च्याउ खेती गर्दै आईरहेका छन् । उनले पनि च्याउ खेतीबाट बार्षिक सात लाखसम्म आम्दानी गरिरहेका छन् । अरुको देशमा गएर मरिमेट्नु भन्दा आफ्नो देश मै यसरी कृषिमा लाग्दा प्रशस्त आम्दानी भएको च्याउ खेतीमा लागेका युवाहरु बताउँछन् ।

कटुस, उत्तीस, र जामनको काठको मुढामा प्वाल पारेर उत्पादन गरिने सिताके च्याउ सबै भन्दा महंगो मानिन्छ । यसको मुल्य ठाउँ अनुसार प्रतिकिलो १ हजार रुपैयाँसम्ममा विक्री हुने गर्दछ । पाल्पामा अहिले किसानहरु सिताकेका साथै कन्ये र गुवाली च्याउ खेती गर्ने गर्दछन् । पाल्पामा उत्पादित च्याउ बुटवल, पोखरा, काठमाडौं, लगाएत भारतको दिल्लीसम्म पुग्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);