च्याउ खेती गरेर मनग्य आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

च्याउ खेती गरेर मनग्य आम्दानी

रामेछाप, २५ पुष । लिखु गाउँपालिका–६ का एक कृषकले घरको तलामा च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । पक्की घरको ३ वटा कोठामा च्याउ खेती गरेका कृषक भोजबहादुर खड्काले च्याउ बेचेर मासिक ६० हजार रुपैयाँ कमाई गरिरहनुभएको छ ।

एक पटकमा ६ सय पोकाका दरले च्याउ खेती गर्दै आएका कृषक खड्काले अहिले दैनिक एक सय किलो च्याउ बिक्री गर्नुहुन्छ । कृषक खड्काले उत्पादन गरेको च्याउँ होलसेल मूल्य प्रति किलो २ सय रुपैयाँ बिक्री हुने गरेको छ । च्याउ रामेछाप र दोलखाको तरकारी बजारमा बिक्री गर्दै आएको र अन्य जिल्लाको बजारमासमेत माग भए पनि पु¥याउन नसकेको उहाँको भनाई छ ।

जिल्ला लघु उद्यमीसँगबाट २०६२ सालमा तरकारी खेती सम्बन्धी तालिम लिएका उनले २०६९ सालदेखि च्याउ खेती गर्दै आएका छन् । तालिमसँगै संस्थाले प्राविधिक सहयोग पनि गरेको र तालिमकै प्रेरणाबाट उहाँ ब्यावसायमा लाग्नुभएको हो ।

कन्य जातको च्याउ खेती गर्दै आएका कृषक खड्काले सहयोगी संस्था मिले गोब्रे जातको च्याउ खेती विस्तार गर्ने योजनामा छन । खड्काको मात्रै हैन रामेछापका व्यावसायिक कृषि गरिरहेका अन्य कृषकहरुको पनि यस्तै योजना छ ।
तर कृषकका लागि सरकारले अनुदान कार्यक्रम ल्याए पनि वास्तविक कृषकले नपाएको कृषकहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);