पुल निर्माण कार्य अझै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पुल निर्माण कार्य अझै अलपत्र

maxresdefault(1)

जुम्ला, २५ पुष । डोल्पा सडक खण्डअन्तर्गत तिला नदी र जवा नदिको ८४ मिटर पक्की पुल सम्झौता सकिदासमेत निर्माण पुरा हुन सकेको छैन । गएको असारमा निर्माण कार्य सकिसक्नु पर्नेमा पुल निर्माण कार्य अझै अलपत्र परेको हो ।

चार करोडको लागतमा २०६७ सालबाट काम सुरु भएको पक्की पुल हाल सम्म पनि बन्न सकेको छैन । पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानिय बासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नमा कठिनाई भएको छ । राज्यले कर्णालीलाई सदियौ देखि सौतेनी व्यवहार गर्दै आएको यसको पुष्टी गरेको छ ।

डोल्पाबासीले कहीले गाडी देख्न पाउने सरकारले जवाफ दिनु पर्ने डोल्पाकी स्थानिय बासी रिता रोकायाको भनाई छ ।
डोल्पाबासीलाई खाद्य बस्तु ढुवानी गर्नको लागि धेरै समस्या छ । पुल बन्न लागेको सात वर्षमा निर्माण पुरा नहुदाँ गोठीचौर गाँउपालिका र डोल्पाबासी मर्कामा परेका छन ।
स्थानीय जग्गा धनीले काममा अवरोध गरेपछि पुलको निर्माण कार्यले गति लिन नसकेको हो । काम गर्ने वातारण भएमा यो आर्थिक वर्षमा नै पुल निर्माण कार्य पुरा हुने पृथ्वी जेभि कन्ट्रसनका निर्माण व्यवसायी तारा सिंह कठायतको भनाई छ ।

एक हप्ताको पैदल यात्रा गरेर डोल्पाबासी जुम्लामा खाद्य बस्तुलगायत दैनिक उपभोग्य समान जोहो गर्न जुम्ला आउनु पर्ने वाध्यता हालसम्म विद्यामान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);