शिलान्यास भएको १७ महिना वितिसक्दा पनि दुधकोशीमा पुल निर्माणले गति लिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

शिलान्यास भएको १७ महिना वितिसक्दा पनि दुधकोशीमा पुल निर्माणले गति लिएन

गोपाल पोखरेल
उदयपुर, २५ फागुन । शिलान्यास भएको १७ महिना वितिसक्दा पनि दुधकोशी नदीमा अझै पुल बन्न नसक्दा स्थानिय मारमा परेका छन् । पुल नबन्दा दैनिक उपभोग्य तथा अन्य सामाग्री ढुवानीमा समस्या भएको छ । उदयपुर र भोजपुर जिल्लाको सिमानामा पर्ने दुधकोसी नदीमा पक्की पुल निर्माण थालिएको २ वर्ष बित्नलाग्दा अझै पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

२३ करोड रुपैंयाको लागतमा पुल निर्माण गर्ने भनी ठेक्का भए पनि ठेकेदारले काम नगर्दा पुल निर्माण अलपत्र परेको छ ।उदयपुर, भोजपुर र खोटाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने उद्देश्यले दुधकोसी नदीमा पक्की पुल निर्माणको शिलान्यास गरिएको थियो । २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुलको अहिलेसम्म नबन्दा जनताले सास्ती पाइरहेका छन्।

शिलान्यासको १७ महिना बितीसक्दा पनि पुल निर्माणमा ५ प्रतिशत काम पनि हुन सकेको छैन । करिव २३ करोड रुपैयाँको लागतमा २०७६ सालको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी रसुवा/एसएनएस/पप्पु ज्वाईन्टभेन्चरलाई ठेक्का दिइएको थियो ।

बितेको १७ महिनामा पुलको लागि एउटा खाडल खन्ने बाहेक अन्य कुनै काम भएको छैन । पुल निर्माणका लागि जनप्रतिनिधिहरुले आवश्यक छलफल गरी निर्माणकार्य अघि बढाउनु पर्ने स्थानीयहरुको माग छ ।

भोजपुर, उदयपुर र खोटाङ जिल्लालाई जोड्ने भएकाले पुल निर्माणको काम समयमै सम्पन्न हुने भनी शिलान्यासका बेला तत्कालिन प्रधानमन्त्री देउवाले बताएको भएपनि निर्माणको काम हुन नसक्दा अहले स्थानीयबासी निरास बनेका छन् ।

उदयपुरको रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने गरी सिलान्यास गरिएको पुल सिलान्यासमै सिमित भएपछि विशेषगरी भोजपुरका सर्वसाधरणले सास्ती खेप्नु परेको छ । उदयपुर भोजपुर सिधा यातायात संचालनको लागि दुबैतर्फ सडक तयार भइसकेपनि पुल नभएकै कारण भोजपुरका सार्वसाधारणहरुले दैनिक उपभोग्य तथा अन्य सामाग्री ढुवानी र आवतजावतमा समस्या भोगिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);