प्रदेशको नामाकरण मेरै कार्यकालमा पूरा गर्छु : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेशको नामाकरण मेरै कार्यकालमा पूरा गर्छु : मुख्यमन्त्री राई

संखुवासभा । प्रदेश १ का  मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशकाे नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् ।

अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईकाे भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने उनले बताए । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनकाे भानइ छ । प्रदेशकाे नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए ।

विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेकाे उनले बताए । पूर्व मुख्यमन्त्री शेरधन राईको सरकारले  प्रदेशको नामाकरणका लागि पहल नै नगरेको पनि उनले आरोप लगाए । देशको नामाकरण प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

अरुण नदीमा पक्की पुल बन्छ 
भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने उनले बताएका छन् । भोजपुरकाे षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा मुख्यमन्त्री राईले दु:ख व्यक्त गरे । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लाबासीलाई आग्रह गरे । अरुण नदीमा पक्की पुल नहुदाँ भोजपुरबासीले निकै सास्ती पाएको उनले बताए ।

अरुण नदीमा पुक्की पुल बनाएर मुख्यमन्त्री भएर वाचा पूरा गर्न मुख्यमन्त्री राईले बताए । संघीय सरकार १० बर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दु:खद् भएको बताए । आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पुक्की पुल निर्माण गरेरै छाेड्ने उनले बताए । अघिल्लो सरकारले थालेका राम्रा कामलाई पनि पूरा गर्ने मुख्यमन्त्री राईले प्रतिबद्दता जनाए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);