प्रदेश ७ को राजधानी र नामाकरण गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ७ को राजधानी र नामाकरण गर्न समिति गठन

pradesh 7

कैलाली, १४ साउन । प्रदेश ७ को प्रदेश सभाले स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न समिति बनाएको छ । सोमबारको संसद बैठकले सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिले स्थायी राजधानी र प्रदेशको नामाकरणका विषयमा सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार पार्ने छ । समितिलाई प्रतिवेदन तयार पार्न २१ दिनको समय दिइएको छ ।

अहिले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको छ । स्थायी राजधानीका लागि कैलालीकै अत्तरिया र डोटीको दिपायलको नाम चर्चामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);