प्रदेश ७ को राजधानी तोक्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश ७ को राजधानी तोक्न समिति गठन

काठमाडौं, १५ साउन । प्रदेश ७ को प्रदेश सभाले स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न समिति बनाएको छ । सोमबारको संसद बैठकले सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिले स्थायी राजधानी र प्रदेशको नामाकरणका विषयमा सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार पार्ने छ ।

समितिलाई प्रतिवेदन तयार पार्न २१ दिनको समय दिइएको छ । अहिले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको छ । स्थायी राजधानीका लागि कैलालीकै अत्तरिया र डोटीको दिपायलको नाम चर्चामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);