ओमप्रकाश मिश्रलाई प्रधानन्यायधीश बनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओमप्रकाश मिश्रलाई प्रधानन्यायधीश बनाउने सरकारको तयारी

omprakash mishra

काठमाडौं, १५ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लम्बिदै गएपछि विभिन्न आशंका उब्जिएका छन् । आफू अनुकुल चलखेल र बार्गेनिङका लागि सत्तारुढ दलले जोशीबारे निर्णय लिन ढिलाइ भइरहेको आशंका हुन थालेको छ । स्वतन्त्र र निष्पक्ष रहनुपर्ने न्यायालयबाट हुने निर्णयमा सत्तापक्षले ‘बार्गेनिङ’ गर्ने मनसायले ढिलाइ गरेको हुन सक्ने आशंका गर्दै जानकारहरुले चिन्ता जनाएका छन् ।

संवैधानिक परिषद्ले गएको जेठ २९ गते नै जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुरुमा समिति गठनमा भएको ढिलाईं र पछि जोशीबारे बाहिरिएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको जेष्ठ सदस्य लक्षमणलाल कर्णको भनाइ छ ।

दुई तिहाईको समर्थनमा बनेको सरकारले गरेका पछिल्ला निर्णय धमाधम सर्वाेच्चले उल्ट्याउने क्रम जारी राख्दा नेकपाले जोशीको स्पष्ट लाइन पत्ता नलगाइ सुनुवाइ नगर्ने रणनीति बनाएको चर्चा हुन थालेको छ । सरकारलाई सहयोग गर्ने देखिए अनुमोदन गर्ने र विपक्षमा निर्णय गर्ने खालका संकेत देखिए अस्विकृत गर्ने रणनीति नेकपाको हो त ?

प्रधानन्यायाधीशमा जोशीलाई अनुमोदन गर्ने या नगर्ने विषयमा समिति सदस्यहरु बीचमा नै ऐक्यवद्धता देखिँदैन । न्यायाधीशका रुपमा उहाँले गरेका फैसलाहरुसमेत विवादमा तानिएपछि समिति सदस्यहरुबीच नै मत बाँझिएको छ । राजनैतिक मामिलाका जानकारहरु भने सरकारले देखाएको ब्यवाहारले न्यायलयमा गम्भीर प्रभाव पार्ने बताउँछन ।

एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, विशाल बजारलगायत मुद्दाको फैसलामा जोशीको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । न्यायपरिषद, संवैधानिक परिषद हुँदै सुनुवाइ समितीमा पुगेको बिषयमा अहिले आएर विवाद हुनु लज्जाको विषय भएको जानकारहरु बताउँछन ।

सुनुवाइकै क्रममा कामु प्रधानन्यायाधीशसमेत रहेका जोशीको शैक्षिक प्रमाणपत्र विवादमा तानिएपछि जोशीलाई फाल्दै अर्का न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायधीश बनाउने तयारी सत्तारुढ दलको रहेको स्रोतको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);