जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै

dipak raj joshi

काठमाडौं, १६ साउन । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनका लागि आज संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै छ ।

गत बिहीबार संसदीय सुनुवाई सकिएपनि जोशीका विषयमा विभिन्न विवाद रहेकाले थप छलफल आवश्यकता भएको भन्दै निर्णय हुन सकेको छैन । गत शुक्रबार, आइतबार र सोमबार समितिको बैठक स्थगित भएको थियो । तर, आज पनि समितिको बैठक बस्नेमा आशंका पैदा भएको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले संसदीय प्रक्रिया अनुसार जोशीको अनुमोदन गर्ने वा नगर्ने अधिकार समितिमा भएको बताए ।

सुनुवाईका क्रममा सांसदहरु जोशीका केही फैसला देखि व्यक्तिगत विषयमा समेत प्रश्न उठाएका थिए । जोशीको शैक्षिक प्रमाणपत्रमा समेत विवाद देखिएको छ । यसअघि सुनुवाई सकिएकै दिन निर्णय आउने गरेकोमा जोशीको हकमा यस्तो हुन सकेन । जोशीको विषयमा देखिएको ववाद समाधानका लागि विज्ञ समुह बोलाउने वा नबोलाउने भन्नेमा पनि समितिमा विवाद देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेताहरु जोशीलाई अनुमोदन नगर्ने पक्षमा देखिएका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले जोशीका विषयमा देखिएको विवाद अध्ययन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);