प्रधानन्यायाधीश दीपकराज जोशीको आज संसदीय सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानन्यायाधीश दीपकराज जोशीको आज संसदीय सुनुवाइ हुँदै

dipak raj joshi

काठमाडौं, १० साउन । प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको आज संसदीय सुनुवाइ हुँदै छ ।

संवैधानिक परिषद्को निर्णयबाट जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको दिउँसो १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो । यसअघि सुनुवाइ समितिले उजुरीको समय दिँदै सुनुवाइको मिति तय गरेको थियो । प्रस्तावित प्रधानन्यायाधिश जोशीले समितिमा परेका विभिन्न उजुरीहरुको सामना गर्दैहुनुहुन्छ । जोशीविरुद्ध विभिन्न पाँच उजुरी परेका छन् ।

जोशीको सबैभन्दा ठूलो विवाद यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ । उनिविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव राखिएको छ । समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ । जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्यन्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);